
गोरखा । गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्षमा काँग्रेसका पूर्णबहादुर दाहाल विजयी भएका छन् । उनले ३४७६ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका बकबहादुर लामाले ३०६६ मत प्राप्त गरेका छन्।
सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकी कल्पना नेपाली बिजयी भएकि छिन् । उनले ३६०९ मत प्राप्त गर्नु भएको छ । उनका निकटतम प्रतिद्धन्दी एमालेकी मिनु बरामले ३०७६ मत प्राप्तगर्नु भएको छ ।
सुलिकोट गाउँपालिकाको वडा नम्बर ७ मा माओवादी केन्द्र विजयी भएको छ । सुलिकोट गाउँ पालिकामा माओवादीले ६ वटा वडामा जितेको छ ।
गोरखामा ९४ वटा वडा मध्ये हालसम्म हालसम्म माओवादी केन्द्रले २६ वडामा जितेको छ । काँग्रेसले ४३ वडामा,एमालेले १३ वडामा र नयाँ शक्तिले पाँच वडामा जित हासिल गरेका छन ।
गोरखा नगरपालिकामा काँग्रेसले सात वटा वडा जितेको छ भने एमालेले दुई वटा र माओवादी केन्द्रले एउटा वडा जितेका छन ।
पालुङटार नगरपालिकामा काँग्रेस र माओवादीको तीब्र प्रतिस्पर्धा छ । गोरखामा अव दुई वटा गाउँपालिका र दुई वटा नगरपालिकाको नतिजा आउन बाँकी छ ।