४ जेष्ठ २०७४, बिहीबार

बेनी । म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिकासहित छ वटा स्थानीय तहमा भएको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुखसहित अन्नपूर्ण, मालिका र रघुगङ्गा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार मङ्गला र धौलागिरि गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

कांग्रेसले जितेको गाउँपालिका र नगरपालिका : 
बेनी नगरपालिका
प्रमुखमा कांग्रेसका हरिकुमार श्रेष्ठ, पाँच हजार ६७९ मत प्राप्त गरी निर्वाचित। निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमोद श्रेष्ठको पाँच हजार ६३४ मत।

अन्नपूर्ण गाउँपालिका
कांग्रेसका डमबहादुर पुन तीन हजार ३२० मतसहित प्रमुखमा विजयी। प्रतिस्पर्धी एमालेका नारायण पुनको तीन हजार १२७ मत।

रघुगङ्गा गाउँपालिका
कांग्रेसका भवबहादुर भण्डारी निर्वाचित। चार हजार ४३४ मत प्राप्त। एमाले र माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार खिमबहादुर शाहीको दुई हजार ७३० मत ।

मालिका गाउँपालिका
कांग्रेसका श्रीप्रसाद रोका दुई हजार ७०६ मत प्राप्त गरी अध्यक्ष निर्वाचित। प्रतिद्वन्द्वी एमालेका बेगप्रसाद गर्बुजाको दुई हजार ६२२ मत।

एमालेले जितेका गाउँपालिका :
धौलागिरि गाउँपालिका
मालेकी थमसरा पुन अध्यक्ष विजयी– दुई हजार ४६० मत। प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिमप्रकाश थापा–दुई हजार १६८।

मङ्गला गाउँपालिका
एमालेका अध्यक्षका उम्मेदवार सतप्रसाद रोका निर्वाचित।

LIVE TV