४ जेष्ठ २०७४, बिहीबार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता हस्तातरण गर्न जेठ ८ गते रानीनामा दिने मनस्थिती बनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका लागि मैदान खाली गरिदिन प्रधानमन्त्री पदबाट राजीनामा दिने कांग्रेसंग भएको समाझदारी अनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनाव अगावै राजीनामा दिने घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको नेतृत्वमा आफ्नो दाबेदारीको आन्तरिक तयारी गरेको छ । प्रधानमन्त्रीले ८ गते संसदलाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका नेता बर्षमान पुनले बताए ।

File Photo

एमालेका उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बुधबार बसेको स्थायी कमिटी बैठकमा सरकार निर्माण बहुमतीय प्रक्रियाका लागि संसद्मा गएपछि पार्टीले उम्मेदवारी दिने सैद्धान्तिक निर्णय भएको छ । स्पष्ट रूपमा उम्मेदवारी नतोकिए पनि कांग्रेस सभापति देउवालाई माओवादी र मधेस केन्द्रितलगायतका दलहरूले अघि सारेको अवस्थामा एमालेका तर्फबाट उपाध्यक्ष गौतम स्वयं नै उम्मेदवार बन्ने जानकारी पार्टी उच्च स्रोतले दिएको छ।

उता राष्ट्रिय जनता पार्टी नेपालले कांगे्रस सभापति देउवा र प्रधानमन्त्री दाहालसँग छुट्टाछुट्टै भेट गरी दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी बन्न संविधान संशोधन अनिवार्य हुनुपर्ने अडान राखेको छ । उनीहरूको अडानप्रति देउवा र दाहालले संसद्मा संविधान संशोधन लैजाने तर पर्याप्त दुई तिहाइको संख्या अभावमा संशोधन प्रस्ताव पारित हुन नसक्ने अवस्थालाई स्विकार्न आग्रह समेत गरेका छन् ।
अहिलेसम्म राजनीतिक अभिभावकत्व प्रदान गर्दै आएको भारतले पनि राजपालाई स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुन सल्लाह दिएपछि केही हतोत्साहित राजापाभित्र देउवा सरकारमा सहभागी हुनुपर्ने बारेमा पनि छलफल भइरहेको एक स्रोतले बतायो ।

File Photo

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दाहालले देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया संसद्मा गएपछि प्रधानमन्त्री पदका लागि मैदान खाली हुने र प्रमुख प्रतिपक्षी दलको हैसियतमा एमालेले यसलाई उपयोग गर्ने बताउनुभयो । उहाँले पार्टी उपाध्यक्ष गौतमको निवासमा भएको स्थायी कमिटीको निर्णयबारे जानकारी दिँदै अन्नपूर्णसँग भन्नुभयो, ‘दाहाल र देउवाले देश चलाउन सक्दैनन् भने एमालेले चलाउनुपर्छ । यसै आधारमा प्रधानमन्त्रीका लागि खाली हुने पदमा एमाले सहभागी हुन्छ ।

File Photo

उक्त पदमा गौतमलाई चयन गर्दै दाहाललाई अप्ठ्यारोमा पार्ने रणनीति हो भन्ने जिज्ञासामा श्रेष्ठले भन्नुभयो, ‘एमालेभित्र गौतम मात्र होइन, केपी शर्मा ओली, माधवकुमार नेपाल जस्ता म्यारोडोना, पेले र रोनाल्डो रहेकाले दाहालको राजीनामापछि कुनै एक नेताले गोल गर्नु हुनेछ । प्रधानमन्त्रीको पदमा सुट गर्ने मौका पाउनासाथ कोही न कोही एमाले नेता गोल गर्दै प्रधानमन्त्री बन्नु हुनेछ ।

LIVE TV