
मतगणनामा ढिलाइ भएको गुनासो बढिरहेका बेला निर्वाचन आयोगले अबको एक साताभित्र सबै मत परिणाम सार्वजनिक गर्ने गरी गणना हुने जनाएको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले नयाँ पत्रिकासँग कुराकानी गर्दै एक साताभित्र सम्पूर्ण परिणाम आउने बताए । मतगणनाको रफ्तार बढाउन आयोगले निर्देशन दिइसकेको भन्दै उनले काठमाडौंमा अब १२ वटा टिमले गणना सुरु गर्ने जानकारी दिए ।
काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना पनि अब चाँडै हुने प्रमुख आयुक्त यादवले बताए ।