४ जेष्ठ २०७४, बिहीबार


काठमाडौँ । स्थानीय तहमा निर्वाचित करिब २० प्रतिशत वडाध्यक्षले आफ्नै कार्यालयबाट सेवा दिन पाउनेछैनन् । हाल कायम रहेको छ हजार ६८४ वडामध्ये करिब २० प्रतिशत अर्थात् ६२० वडासँग आफ्नो वडा कार्यालय छैनन् ।

अहिले पनि वडा सचिवले कतिपय वडामा खुला चौरमुनि, टहरामा बसेर सेवा प्रवाह गरिरहेका छन् । अब आउने निर्वाचित वडाध्यक्षले केही वर्षसम्म टहरामा बसेरै सेवा प्रवाह गर्नुपर्ने अवस्था रहेको स्थानीय तह निजामती सचिव संरक्षण केन्द्र नेपालले जनाएको छ ।

उहाँका अनुसार भूकम्प प्रभावित १४ जिल्लाका करिब चार दर्जन वडा कार्यालय ९साविक गाविस भवन० अहिलेसम्म बन्न सकेको छैन, द्वन्द्वकालमा ध्वस्त भएका तीन सयभन्दा बढी वडा कार्यालयको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । अन्य स्थानमा बजेटको अभावमा आफ्नै वडा कार्यालय बन्न नसकेको स्थानीय तह निजामती सचिव संरक्षण केन्द्र नेपालका अध्यक्ष दामोदर रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार झन्डै दुई दशकसम्म स्थानीय निर्वाचन नहुँदा स्थानीय तहमा गएको बजेटको उचित सदुपयोग नहुँदा सरकारले साविक गाविस भवन निर्माणका लागि विनियोजन गरेको बजेट परिचालन गर्न सकिएको छैन ।

अहिले पनि कतिपय वडासचिवले भाडामा लिएको वडा कार्यालय, सार्वजनिक स्थानमा बनाएको टहराबाट स्थानीयवासीलाई सेवा प्रवाह गरेको र अब निर्वाचित वडाध्यक्षले पनि सोही स्थानबाट सेवा प्रवाह गनुपर्ने रिजालले बताउनुभयो ।

नयाँ व्यवस्थाअनुसार सर्वसाधारणका महŒवपूर्ण र अत्यावश्यक काम वडा कार्यालबाट नै गर्नुपर्ने हुन्छ । खासगरी वडाबाट सहभागितामूलक योजना तर्जुमा, तथ्याङ्क अद्यावधि, विकासका कार्य, सिफारिस र प्रमाणीकरण, स्थानीय न्यूनतम दररेट निर्धारण, उपभोक्ता समिति निर्माण र परिचालन लगायतका काम वडाले गर्नुपर्ने हुन्छ ।

पहिलो चरणमा भएको तीनवटा प्रदेशको २८३ स्थानीय तहमा कुल १३ हजार ५६५ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहप्रवक्ता मदन कोइराला स्थानीय तहका निर्वाचित वडाध्यक्षले भौतिक पूर्वाधार अभावको सामना गर्नुपर्ने बताउनुुहुन्छ ।

अब पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिले पद बहाली गरिसकेपछि अल्पकालीन र दीर्घकालीन गरी दुई प्रकारका योजना निर्माण गर्ने र पहिलो चरणमा अत्यावश्यक कार्य गर्ने उहाँले बताउनुभयो । आफ्नै साधन र स्रोत भएका गाउँपालिका र नगरपालिकाले एकदेखि दुई वर्षभित्र आफ्नै वडा कार्यालय निर्माण गर्नसक्ने कोइरालाले जानकारी दिनुभयो ।

LIVE TV