
काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयरमा कांग्रेसका चन्द्रबहादुर राना विजयी भएका छन् । उनले १०,१९६ मत ल्याए ।
रानाका निकटतम् प्रतिद्वन्द्वी एमालेका भिमलाल अधिकारीले १०,०६५ मत पाएका छन् । रानाले ९ सय ६१ मतान्तरमा मेयरको दावेदारीमा बाजी मारे ।
उपमेयरमा पनि कांग्रेसकै ओमकुमारी महतोले जति हात पारिन् । उनले १०,८३५ मत ल्याउँदा एमालेकी जोगमाया महतोले १०,०३३ मत पाइन् ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा निर्वाचित भएका छन् । उनले ३८४२ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका रञ्जित रानाले ३६९८ मत पाएका छन् । रप्रपाका शिवलाल थापाले ९१७ मत मात्रै ल्याए ।
अध्यक्ष विजयी भएका लामा युवा संघ नेपालका केन्द्रीय कोषध्यक्ष पनि हुन् ।
भमिफेदी गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी पार्वति राना विजयी भएकी छिन् । उनले ३८०२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार मोमलाल दोङले ३४३५ मत ल्याएको निर्वाचन अधिकृत हरिप्रसाद भट्टले अनलाइनखबरलाई जानकारी दिए । राप्रपाकी सानुमाया ब्लोनले ८४३ मत ल्याइन् ।