४ जेष्ठ २०७४, बिहीबार

काठमाडौँ । निर्वाचन आयोगले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी जेठ ६ गतेबाट आरम्भ गर्ने भएको छ । त्यस क्रममा रकुम र नवलपरासीसमेत ४३ वटा जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउनेछ । रुकुम र नवलपरासीका केही स्थानीय तहमा पहिलो चरणमा पनि निर्वाचन भइसकेको छ ।

त्यसैगरी आयोगले जेठ १५ गतेदेखि सम्बन्धित गाउँपालिका तथा नगरपालिका केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । वैशाख ३१ गते नै निर्वाचन तयारी गरेको आयोगले सरकारको निर्णयअनुसार दुई चरणमा गर्नका लागि प्रक्रिया अगाडि बढाएपछि अब दोस्रो चरणको निर्वाचनको पनि तयारी थाल्न लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । देशका ३४ जिल्लाका २८३ स्थानीय निकायमा पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न भइसकेको छ ।

LIVE TV