४ जेष्ठ २०७४, बिहीबार

काठमाडौं । भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा विजयी भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाको लागि उनले ३८४२ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी रञ्जित रानाले ३६९८ मत ल्याए भने रप्रपाका शिवलाल थापाले ९१७ मत मात्रै ल्याए छन् । भीमफेदी गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेले नै विजय हाँसिल गरेको छ । पार्वति रानाले ३८०२ मत ल्याउँदै भिमफेदी गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी हुन् ।

LIVE TV