
बाग्लुङ । नेकपा एमालका उम्मेदवारले बाग्लुङको बाडीगाड गाउँपालिकाको अध्यक्षमा पनि जितेका छन् । तर उपाध्यक्षमा भने कांग्रेसले बाजी मारेको छ । बडिगाडका निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार एमालेका उम्मेदरवार मेहरसिंह पाइजा अध्यक्षमा विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसका अम्बरबहादुर श्रीष विजयी भएका भएका छन् ।
एमालेका उम्मेदवरा पाइजाले ४९२१ मत ल्याउँदै गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । त्यस्तै, उपाध्यक्षमा कांग्रेसका अम्बरबहादुर श्रीषले ४२९१ मत ल्याउँदै विजयी भएका हुन् ।