४ जेष्ठ २०७४, बिहीबार

रामेछाप । मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा (नेकपा)एमालेका उम्मेदवार निर्वाचित भएका छन् । रामेछापको मन्थली नगरपालिकाका प्रमुख पदमा रमेश बस्नेत विजयी भएका छन् भने उपप्रमुखमा माया कार्की विजयी भएका हुन् ।


मन्थली नगरपालिकाका प्रमुख पदमा रमेश बस्नेतले ६५२९ मत ल्याउँदै विजयी भएका हुन् । यता उपप्रमुख पदको लागी माया कार्कीले ६५०६ मत ल्याउँदै विजयी भएकी हुन् ।
यता नगरपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले ५३ सय ११ मत पाए भने, उपप्रमुख पदमा माओवादी उम्मेदवार रितादेवी घिमिरेले ४९ सय ९४ मत पाएकी छन् । त्यस्तै बस्नेतका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बिनोद कार्कीले ५३७९ मत पाए ।

LIVE TV