४ जेष्ठ २०७४, बिहीबार

कालिकोट । कालिकोटको रास्कोट नगरपालिका अन्तर्गतका ९ वडाहरुमा मिश्रित नतिजा आएको छ, भने रास्कोट नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रले विजयी हात पारेका छन् । निर्वाचन अधिकृत केदारनाथ पौडेलका अनुसार नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका २ हजार ११५ मतसहित काशीचन्द्र बराल विजयी भएको छ ।


उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराज बरालले १ हजार ८२० मतका साथ पराजित हुन पुगेका छन् । त्यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रकै २ हजार २३५ मत ल्याउँदै मिमसरा बम शाही विजयी भएकी छन् । निर्वाचन अधिकृत पौडेलका अनुसार उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले १ हजार ८७२ मत ल्याउँदै हार बेहोर्नृ परेको छ ।
वडा नम्बर १ मा पनि माओवादी केन्द्रलेनै अध्यक्षसहित चार जना सदस्य जितेको छ । त्यस्तै, वडा नम्बर ३ मा माओवादी केन्द्रको प्यानल निर्वाचित भएको छ । वडा नम्बर ४ मा माओवादीको अध्यक्ष र एमालेका सदस्य विजयी भएका छन् । वडा नम्बर २ मा भने एमालेको प्यानल विजयी भएको छ ।
रास्कोट नगरपालिकाका ९ वटा वडाहरुमा मिश्रित नतिजा आएको छ । वडा नम्बर ८ मा एमालेको अध्यक्ष र १ सदस्य तथा माओवादीका ३ सदस्य निर्वाचित भए । वडानम्बर ५ मा एमालेको प्यानल विजयी भएको छ । वडा नम्बर ९ मा एमालेको अध्यक्ष र माओवादीका सबै सदस्य निर्वाचित भएका छन्, वडानम्बर ६ र ७ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

LIVE TV