४ जेष्ठ २०७४, बिहीबार

काठमाडौं । अभिनेता दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी लगाएतको मुख्य भुमिका रहेको फिल्म ‘लाल्टिन’ यहि जेठ २६ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । पछिल्लो चल्तिका अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको जोडीलाई दर्शकहरुले मन पराउँदै आएका छन्, त्यसोत फिल्म ‘लाल्टिन’मा पनि दर्शकहरुले यो जोडीलाई पर्दामा हेर्न पाउँनेछन् । केही समय अघि रिलिज गरिएको ‘लाल्टिन’को ट्रेलरले पनि निकै चर्चा बटुलिरहेको छ ।


फिल्मको सार्वजनिक ट्रेलरमा समसामयिक कथाबस्तुलाई प्रस्तुत गरिएको छ । साथै, अभिनेत्री प्रियंका कार्कीको बोल्ड सिनले पनि दर्शहरुको ध्यान खिच्न सफल भइरको छ । यसै फिल्म मार्फत नव नायक निर्जन थापाले पनि नेपाली फिल्म उद्योगमा आफ्नो करियर सुरु गरेका छन् ।

रिलिज मिती नजिकिँदै गर्दा ‘लाल्टिन’को निर्माण पक्ष भने प्रचार प्रसारमा ब्यस्त छन् । निर्माण पक्षकानुसार फिल्ममा हाम्रै समाजमा भईरहेको घटना र समसामयिक कथावस्तुलाई चित्रण गर्न खोजिएको छ । त्यस्तै वास्तबिक घटनाका साथमा फिल्मले दर्शकहरुलाई मनोरञ्जन र प्रभावकारी सन्देश पनि प्रदान गर्ने प्रस्तोता भानुप्रतापको ठहर रहेको छ ।

फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन जंग शाही, ए गुरुङ, शिशिर भण्डारी, मेलिना मानन्धर, राम केशरी बोगटी, जनक बर्तौला, भानु प्रताप, मोहन बि श्रेष्ठ, कमल आले, नविन शाह, सुनिल कटवाल, रिया श्रेष्ठ, लगाएतको मुख्य भुमिका रहेको छ ।

फिल्मलाई भानु प्रतापले प्रस्तुत गरेका हुन् भने देब कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ, भने निर्माताको रुपमा अनिम श्रेष्ठ र राज श्रेष्ठ रहेका छन् ।

LIVE TV