३ जेष्ठ २०७४, बुधबार

 

स्कोपे (मेसेडोनिया) । मेसेडोनियाका राष्ट्रपति जर्ज इभानोभद्वारा लामो समयदेखि प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको ‘सोसल डेमोक्रेटिक पार्टी’ (एसडीएसएम) लाई नयाँ सरकार बनाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति इभानोभले निर्वाचन भएको पाँच महिनापछि बुधबार प्रतिपक्षी दलका नेता जोरान जायभलाई सरकार गठन गर्नका लागि एसडीएसएमसँग संसदमा बहुमत रहेको पुष्टि गरेपछि राष्ट्रपतिले लामो समयदेखिको राजनीतिक अन्योललाई अन्त्य गर्दै सरकार गठनका लागि निर्देशन दिनुभएको हो ।

जयभको दलले जातीय अल्बानियाली दलहरुको समर्थनमा आफ्नो बहुमत पुष्टि गर्न सफल भएको हो । रासस

LIVE TV