३ जेष्ठ २०७४, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको राति १० बजेसम्मको मतगणनाअनुसार नेकपा(एमाले)को अग्रता कायमै छ ।


प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य दुई हजार ५२ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका राजुराज जोशीले एक हजार १८० मतले पछ्याइरहेका छन् ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ८९२ मत र साझा पार्टीका किशोर थापाले ६४१ मत प्राप्त गरेकी छन् ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले एक हजार ५५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले एक हजार २५८ मत प्राप्त गरेकोे मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । हालसम्म कुल पाँच हजार ९३६ मतगणना गरिएको छ ।

LIVE TV