३ जेष्ठ २०७४, बुधबार

काठमाडौं । संविधान संशोधन नगरी दोस्रो चरणको चुनावमा नजान राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई अग्रह गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरुसँग छुट्टा छुट्टै वार्ता गरेका थिए ।


संबिधान संशोधनसहित आफ्ना माग पुरा गर्न समय लाग्ने भए जेठ ३१ को चुनाव सार्न सकिने राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले प्रस्ताव गरेका छन् । सिंहदरवारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुसँग छलफल गरेका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु लगतै प्रधानमन्त्रीलाई भेट्न पुगे ।

संविधान संशोधनसहितका माग पुरा नभएसम्म दोस्रो चरणको चुनावमा भाग नलिने राष्ट्रिय जनता पार्टी नेपालको चेतावनी छ ।
राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले दुवै भेटमा दोस्रो चरणको स्थानीय तह निर्वाचनको वातावरण नबनेको गुनासो पोखेका छन् । उनिहरुले घुमाउरो भाषामा जेठ ३१ को चुनाव सार्न प्रस्ताव गरेका छन् भने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोल समय लाग्ने भए समय लिन र संबिधान संशोधन नभई चुनाव हुन नदिने बताएका छन् ।

जेठ ३१ को दोस्रो चरणको चुनाव सार्ने राजपा नेपालको प्रस्तावलाई कांग्रेसले सिधै अस्वीकार गरेको छ । तर, यता प्रधानमन्त्री दाहालले भने राजपालाई चुनावमा जाने वातावरण बनाउन पहल गर्ने बताएका छन् । यस्तै, बैठकमा कांग्रेस नेताहरुले संविधान संशोधन लगायतका माग सम्बोधन गरी चुनावमा वातावरण बनाउने आश्वासन भने दिएका छन् ।

LIVE TV