३ जेष्ठ २०७४, बुधबार

काठमाडौं । सरकारले व्यवस्थापिका संसद्को अधिवेशन बिहीबार टुङ्ग्याउने तयारी गरेको छ । प्रधानमन्त्रीनिकट स्रोतकानुसार बिहीबार नै संसद अधिवेशन गर्ने समझदारी भएको छ । सभामुख ओनसारी घर्ती मगरले प्रधानमन्त्रीसँग परामर्श गरेर अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने व्यवस्था छ ।


आगामी बैठक कहिले राख्ने र संसद् अधिवेशन अन्त्य गर्ने भन्नेबारे गृहकार्य गर्न विहीबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । तर, प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध दर्ता भएको महाअभियोग अधिवेशन अन्त्यपछि के होला भन्ने सबैमा प्रश्न उठेको छ ।
संसद् अधिवेशन अन्त्य गर्ने तयारी भइरहँदा संसद्मा विचाराधीन महाअभियोगको भविष्य के होला भन्ने अन्योल देखिन्छ । प्रधानन्यायाधीश कार्कीले सर्वोच्चको आदेशपछि काममा फर्किए पनि मुद्दा हेरेकी छैनन् । उनले जेठ २४ गते अवकाश पाउँदै छिन् । कांग्रेस र माओवादी केन्द्र कार्कीले अवकाश नपाएसम्म महाअभियोग फिर्ता लिने पक्षमा छैनन् ।
प्रधानन्यायाधीश सुशीला काकी विरुद्धको महाअभियोगको भविश्य के हुन्छ भन्ने अन्योलता छाएको छ । महाअभियोग अघि नबढाउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ भने दर्ता गर्ने दल कांग्रेस र माओवादी तत्काल फिर्ता लिने मुडमा छैनन् ।
संसद्को एउटा अधिवेशनमा विचाराधीन विधेयकहरु अर्को अधिवेशनमा स्वतः जान्छ । तर, प्रस्तावहरु भने स्वतः निस्क्रिय हुन्छ ।

LIVE TV