३ जेष्ठ २०७४, बुधबार

निर्वाचन परिणामहरु आउने क्रम जारी छन्, तर मतगणनामा भएको ढिलासुस्तीले निर्वाचन आयोग प्रती सबैजना रुष्ठ छन् ।

हाम्रो संयन्त्र कमजोर छ थाहा छ तर यती सम्म कमजोर छ भन्ने अनुमान थिएन । यो ढिलासुस्तीले धेरैलाई निराश बनाएको छ । यही हो त हाम्रो अन्तीम क्षमता ? पक्कै पनि होइन । पर्यवेक्षकहरु वा स्वदेशी विदेशी, जस्ले हेर्दापनि यो कछुवाको भन्दा पनि सुस्त गतीको मतगणना हाँस्यास्पद देखीयो ।

स्वयंसेवकहरु सयौँ थपौँ,पर्यवेक्षकहरु सयौँ थपौँ र चाडो भन्दा चाडो मत परिणाम निकालेर विजेता घोषणा गरौँ । यती गर्न जत्तिपनि सकिन्छ । यो हाम्रो अन्तीम क्षमता होइन । इच्छा शक्ति छैन भने अर्कै कुरा हो तर इच्छा छ भने यस्ता ढिला सुस्तीलाई भोलीसम्म नै समाप्त गर्न सकिन्छ । मत गणना ढिला हँदा शंकाका ठाँउहरु जन्मिन्छन् ।

अनि वेकारका विवादहरु सिर्जना हुने खतरा पनि त्यतीकै हुन्छ । मुलुकलाई विश्वसामु यती कमजोर नदेखाऔँ । यो मत गणनाको कुरा मात्र होइन यसमा अन्तराष्ट्रिय जगतमा मुलुकको प्रतिष्ठापनि गासिएको छ । धेरै नकारात्मक किर्तिमान राखेको मुलुकले विश्वमै ढिला मतगणना गरेको किर्तीमान राख्यो भने मुलुकको छवी नराम्रोसँग विग्रीन्छ । विजयी उमेदवार घोषणा हुँदासम्मा त उमेदवारले घोषणा गरेका मेट्रो,मोनोरेल जस्ता योजना नै पुरा भैसक्लान भनेर व्यंग्य गर्न थालिएपछी पनि तदारुकता नदेखाए साँच्चै नै मतगणना सकिदाँ,चुनावी जोश जाँगर र उत्साह मर्नेछ । प्लिज छिटो गरौँ ।

LIVE TV