३ जेष्ठ २०७४, बुधबार


सल्यान । सल्यानको शारदा नगरपालिकाको मतगणनामा विवाद हुँदा स्थगित भएको छ। शारदा नगरपालिका वडा नं. ४ को मतगणना पछि निर्वाचनका कर्मचारी र एमालेका एजेन्टले टिपेको मत परिणाम फरक देखिए पछि विवाद उत्पन्न भएको हो।
एमाले सल्यानले मत पुनःगणनाको माग गर्दै मतगणनास्थलवाट बाहिरिएको बताईएको छ। मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीका अनुसार एक वडामा मत कम भएको भन्ने विषयमा विवाद भएको र अहिले छलफल भैरहेको छ।

LIVE TV