जिल्लाको दुई नगरपालिकाको वडामा स्थगित स्थानीय तहको निर्वाचन बुधबार हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेका मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार धुलिखेल नगरपालिका वडा नम्बर १२ र नमोबुद्ध नगरपालिका वडा नम्बर ४ को स्थगित निर्वाचन बुधबार हुन लागेको हो ।
धुलिखेल नगरपालिका वडा नम्बर १२ मा वडासदस्यको उम्मेदवार रहेका राप्रपाका सुकलाल तामाङको गत २८ वैशाखमा मृत्यु भएपछि निर्वाचन स्थगित भएको थियो । त्यस्तै, नमोबुद्ध नगरपालिका वडा नं. ४ मा निर्वाचनको अघिल्लो दिन झडपका क्रममा सशस्त्र प्रहरीको गोली लागेर भकुन्डेबेसीका २८ वर्षीय नवराज पाठक (राम)को मृत्यु भएको थियो । सोही कारण निर्वाचन स्थगित भएको थियो ।