२ जेष्ठ २०७४, मंगलवार

काठमाण्डौ । स्थानिय चुनावको मतपरिणाम आईरहँदा अहिलेसम्म देशका चार वटै महानगरपालिकाको मतगणना असाध्यै सुस्त गतिमा चलिरहँदा सबै महानगरमा एमालेले अग्रता लिइरहेको छ ।

भरतपुर महानगरपालिकामा एक पटक माओवादीकी रेणु दाहालले अग्रता लिए पनि फेरि एमालेका देवी ज्ञवालीले एकरडेढ सय मतको अन्तरले अग्रता लिइरहेका छन् ।

काठमाडौं महानगरपालिकामा झनै ढिलो गणना भइरहँदा एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै छ । शाक्यलाई दोस्रो स्थानमा साझा पार्टीका किशोर थापाले पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो स्थानमा छन् । उनलाई विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले पछ्याइरहेकी छन् ।

ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकारले कांग्रेसका चिरिबाबु महर्जनलाई पछि पारेर अग्रता कायमै गरेका छन् ।

पोखरा महानगरपालिकामा पनि एमालेका मानवहादुर जिसीले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार रामजी कुँवरलाई सुरुदेखि नै पछि पारेर अग्रता लिइरहेका छन् ।

लाखभन्दा बढी मत खसेका महानगरपालिकामा जुन गतिमा मतगणना भइरहेको छ,निर्वाचन आयोगले विकल्प नखोज्ने हो भने महानगरपालिकाहरुको गणना एक सातामा पनि सकिने देखिँदैन ।

LIVE TV