२ जेष्ठ २०७४, मंगलवार

मुसिकोट । रुकुमको सानीभेरी गामउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका उम्मेदवार नगरबहादुर पुनले ४ हजार ६ सय ५० मतका साथ सानीभेरी गाउँपालिकाको प्रमुखमा विजयी हुनु भएको हो।

उहाँका प्रतिद्वन्द्वी कांग्रेसका गोरखबहादुर ओलीले २ हजार ६ सय १४ मत प्राप्त गर्नु भयो। त्यस्तै, माओवादी केन्द्रका तर्फबाट उपप्रमुखमा उम्मेदवार इन्दिरा ओली ४ हजार ६ सय ६१ मतका साथ विजयी हुनु भयो। कांग्रेसकी उपप्रमुखको पदकी उम्मेदवार पुष्पा ओलीले २ हजार ६ सय ३ प्राप्त गर्नु भयो।

योसँगै रुकुमका अन्य ५ स्थानमा पनि माओवादी केन्द्रको अग्रता कायम रहेको छ। जिल्लाभरी जम्मा ७३ वडा रहेको मध्ये ३३ वडाको परिणम आइसकेको छ। यसमा पहिलो माओवादी केन्द्र ३६ वडामा, दोस्रो कांग्रेस ४ वडामा र तेस्रो एमालेले १ वडामा प्यानलसहित विजय हासिल भएका छन्।

धुलिखेल, काभ्रेपलाञ्चोक जिल्लाको कोसीपारि चौरी देउरालीमा नेकपा (माओवादी केन्द्र) दुवै वडामा विजयी भएको छ ।

सो गाउँपालिकाको वडा नं १ मा राजु आले तामाङ र वडा नं २ मा दिनेश लामा विजयी हुनुभएको छ । तामाङले ३१० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का प्रताव लामाले २७७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै वडा नं २ मा दिनेश लामाले ३०० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डम्बरबहादुर लामाले २३९ मत प्राप्त गर्नुभएको छ ।

जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) अग्र स्थानमा छ ।

सो गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्बाले ६५८, नेपाली काँग्रेसका रकमसिं घलानले ३६४ र नेकपा ९एमाले०का राजकुमार कुँवरले १०६ मत प्राप्त गर्नुभएको छ । वडा नं १ र २ को मत गणना सम्पन्न भएको छ ।

प्राप्त परिणामअनुसार वडा नं १ मा माओवादी केन्द्रका कान्छामान जिम्बाले ४३० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज योञ्जनले २०२ मत प्राप्त गर्नुभएको छ । सो वडाको महिला सदस्यमा विकुमाया श्रेष्ठ र दलित महिला सदस्यमा दुर्गामाया परियार र अन्य सदस्यहरुमा ढकबहादुर दर्लामी र वीरध्वज योञ्जन विजयी भएका छन् ।

त्यस्तै वडा नं २ मा मीनबहादुर वाइबाले ३४० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानबहादुर स्याङ्तानले २०१ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुमा महिला सदस्य मन्दोमाया गोले, दलित महिला सदस्यमा कान्छीमा याल विक र अन्य सदस्यमा ठलबहादुर जिम्बा र बुद्धिमान जिम्बा विजयी भएका हुन् । दुवै वडामा माओवादी केन्द्रको समूह नै विजयी भएको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।

LIVE TV