२ जेष्ठ २०७४, मंगलवार

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ ।

ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेका गणेशवहादुर शाहीले बाजी मारे भने भने उपमेयरमा राप्रपाका योगेन्द्रवहादुर शाही बिजयी भएका छन् ।

ठूलीभेरी नगरपालिकातर्फ मतगणना सम्पन्न भएको पहिलो नगर बनेको छ, भने जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र बस्नेत निर्वाचित भएका छन् ।

जिल्लाका ७ स्थानीय तह मध्ये मत परिणाम घोषणा भएको यो पहिलो स्थानीय तह हो ।

जाजरकोटका मुख्य निर्वाचन अधिकृत हरिबहादुर बुढाका अनुसार शिवालय गाउँपालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

केही समयमा शिवालय गाउँपालिकाको अन्तिम मत परिणाम पनि सार्वजनिक हुने छ ।

LIVE TV