२ जेष्ठ २०७४, मंगलवार


जनताले उत्साहका साथ स्थानीय तहको निर्वाचनमा भाग लिएका छन् । दोस्रो चरणको निर्वाचन पनि उत्साहजनक रूपमा गर्नुपर्छ । यसका लागि संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । यसलाई पारित गरेर निर्वाचन सफल पार्न लाग्नुपर्छ ।

यसअघिदेखि नै माओवादी र हामीबीच स्थानीय तहको निर्वाचनपछि सरकार फेर्ने सहमति हो । अब प्रधानमन्त्रीले मार्गप्रशस्त गरेपछि संवैधानिक प्रक्रियाअनुसार अघि बढ्छौँ । संविधानमा नै १५ जेठमा बजेट ल्याउनैपर्ने मिति उल्लेख भएकाले बाध्यात्मक अवस्था छ । अब प्रधानमन्त्रीले राजीनामा दिएपछि कामचलाउ सरकारले बजेट ल्याउँछ ।

LIVE TV