२ जेष्ठ २०७४, मंगलवार

भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ६ को नगरकोटस्थित पुरानो गाविस भवनमा रहेको ‘ख’ मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।

निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीका अनुसार आयोगले यथाशक्य छिटो मतदान प्रक्रिया अगाडि बढाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको जानकारी दिए ।

जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले आयोगको निर्देशन प्राप्त भएको र मतदान अधिकृतले मङ्गलबार राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी पुनः निर्वाचनको मिति तोक्ने तयारी भइरहेको बताए ।

मतदानका क्रममा २२ वटा मत खसेपछि एकजना मतदाताले मादल चिह्न नपाएपछि त्यहाँ मतपत्रको समस्या देखिएको थियो । त्यो मतपत्र नवलपरासी पठाउनुपर्नेमा एउटा प्याड भूलवश भक्तपुरको प्याकमा परेका कारण एउटा मतदान केन्द्रमा पुनः मतदान गराउन आयोगले आदेश दिएको हो ।

LIVE TV