
काठमाडौँ । स्थानीय तह निर्वाचनको मतगणना कार्यले मङ्गलबारबाट गति लिने भएको छ । आइतबार निर्वाचन सम्पन्न भए पनि अधिकांश स्थानीय तहको मतगणना कार्य सोमबारबाट मात्रै सुरु भएको हो ।
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले पहिलो दिन भएका कारण ढिलोजस्तो लागे पनि मङ्गलबारबाट मतगणनाले गति लिने जानकारी दिनुभयो । उहाँले पहिलो चरणको मतगणना पूरा हुन पाँचदेखि सात दिने लाग्ने बताउनुभयो । आयुक्त पौडेलले मतगणनालाई छिटो अगाडि बढाउन धेरै समूहमा मतगणना हुनुपर्ने र त्यस विषयमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले ध्यान पु¥याउने बताउनुभयो ।
मतपत्र ठूलो हुनु र एउटै मतपत्रमा सातजना उम्मेदवारलाई मतदान गर्ने व्यवस्था भएकाले पनि मत गणना गर्न समय लागेको उहाँले बताउनुभयो । संविधानसभा निर्वाचनमा कुनै एक उम्मेदवारलाई छाप लगाउनुपथ्र्यो भने स्थानीय तहको निर्वाचनमा सातजनालाई मत दिनुपर्ने र मतगणना गर्दा पनि सातजना उम्मेदवारले चित्त बुझाउनुपर्ने भएकाले पनि समय बढी लागेको उहाँले बताउनुभयो । एउटा मतपत्रको कुनै एक पदमा विवाद भएमा त्यसले लामो समय लिने भएकाले पनि मतगणनाको कार्य ढिलो हुने भनाइ आयोगको छ ।
एउटा मतपत्रमा अध्यक्ष वा नगरप्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा सदस्य, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यका लागि मतदान भएको थियो । एउटै मतपत्रबाट यी सातजना उम्मेदवार निर्वाचित हुनेछन् । चाँगुको