
पोखरा । पोखराको लेशनाथ महानगरपालिकाको मेयरमा एमालेको अग्रता कायमै रहेको छ । लेशनाथ महानगरपालिकाको मेयरमा एमालेको उम्मेदवार मानबहादुर जिसीले ९३१ मत ल्याउँदै अग्रपंक्तिमा रहेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले ६६५ मत र नयाँ शक्तिका हुमबहादुर तमुले १४७ मतका साथ अगाडी बढिरहेका छन् ।
यता काठमाडौं महानगरपालिकामा अहिलेसम्म ५०७ मत गणना भइसकेको छ । जस्मा मेयर पदमा बिद्यासुन्दर शाक्यले १४० मत ल्याउँदै अग्रपंक्तिमा रहेका छन् । त्यस्तै साझा पार्टीका किशोर थापाले १०० मत ल्याइसकेका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ९४ मत हाँसिल गरेका छन् । विवेकशिल नेपाली दलका रन्जना न्यौपानेले ७१ मत ल्याईसकेका छन् ।