२ जेष्ठ २०७४, मंगलवार

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मतगणना सोमबार रातिबाट स्थगित भएको छ । कीर्तिपुरको वडा नम्बर १ मा एमाले विजयी भएको थियो ।

वडा नम्बर २ मा पनि एमाले विजयी हुने भएपछि कांग्रेसले फेरि मत गणना गर्नुपर्ने माग राखेका थिए । एमाले उम्मेदवारले ६३८ मत ल्याउँदा कांग्रेस उम्मेदवारले ६०२ मत पाएका थिए ।

वडा नम्बर २ मा कांग्रेसका उम्मेदवार झिनो मत अन्तरले हार्ने भएपछि कांग्रेस प्रतिनिधिले फेरि मत गणना गर्नुपर्ने माग राखेका थिए । सो मागमा अरु सहमत नभएपछि कांग्रेस प्रतिनिधिले मतगणना बहिष्कार गरेका थिए ।

निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहले दिएका जानकारी अनुसार आज बिहान ८ बजेपछि सर्वदलीय बैठक गरेर फेरि मतगणना गरिने भएको छ ।

LIVE TV