२ जेष्ठ २०७४, मंगलवार

सिरिया । अमेरिकी नेतृत्वको आतङ्कवाद विरोधी गठबन्धनले देइर अल जोर प्रान्तको बुकामाल सहरमा गरिएको सोमबारको आक्रमणमा करिब ४० जना सर्वसाधारण सिरियालीको मृत्यु भएको यहाँको सरकारी शाम एफएम रेडियोले जनाएको छ ।

इस्लामिक स्टेट (आईएस) समूहको प्रभाव क्षेत्र देइर अल जोरमा सर्वसाधारणलाई लक्षित गरी हवाई आक्रमण भएको उक्त रेडियोले बताएको छ ।

गत मङ्गलबार उत्तरी प्रान्त रक्कामा अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।

सिरियामा अमेरिकी नेतृत्वको आतङ्कवादविरोधी गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) लाई सघाउँदै आएको छ । रासस÷सिन्ह्वा

LIVE TV