
रसुवा । रसुवामा भएको प्रथम चरणको स्थानीय तहको राति ९ः४५ सम्ममा प्राप्त मत परिणामअनुसार नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले ५६६, नयाँशक्तिले २४७ र नेकपा ९एमाले० ले ९४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपाध्यक्षमा नयाँशक्तिले ३०५, नेकपा ९माओवादी केन्द्र०ले २०५, र नेकपा ९एमाले०ले १०८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कालिका गाउँपालिकामा नेकपा ९एमाले०ले ४३४, नेकपा माओवादी केन्द्रले ३९५ नेपाली काग्रेसले ३७२ मत प्राप्त गरेका छन भने उपाध्यक्षमा माओवादी केन्द्र ५३६, एमाले ५३५, नेपाली काग्रेसले १४६ मत प्राप्त गरेका छन् ।
उत्तरगया गाउँपालिका अध्यक्षमा एमाले ६०७ काँग्रेस ५३९ र नयाँशक्ति पार्टीले ४८८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा एमाले ७९० , काँग्रेस ४९५ र नयाँशक्तिले ३३६ मत ल्याएका छन् ।
गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा –९एमाले० ४१३, नेपाली काँग्रेसले ४१० र नयाँशक्ति पार्टीले ५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा एमाले ३८८, काग्रेस ३६६ र नयाँशक्तिले ३४ मत प्राप्त गरेका छन् ।
यस्तै, पार्वती कुण्ड अध्यक्षमा नयाँशक्ति पार्टीले ५६३, नेकपा ९एमाले० ११७ र नेकपा माओवादी केन्द्रले १०७ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा नयाँशक्ति ३२७, एमाले २१० र माओवादी केन्द्र १२१ मत ल्याएका छन् । रासस