१ जेष्ठ २०७४, सोमबार

काठमाडौं । पारी जिल्लाका मुस्ताङका दुईवटा र मनाङको एउटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । मुस्ताङको घरपजोङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । यस गाउँपालिकाको अध्यक्षमा असबहादुर थापा विजयी भएका हुन् । उपाध्यक्षमा पनि एमालेकै शर्मिला गुरुङ विजयी भएकी हुन् ।


त्यस्तै, मुस्ताङकै लोमान्थाङ गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार सुर्वणकुमार बिष्टले जित हात पारेका छन् । उनले ६ सय २ मत ल्याएर विजयी भएका हुन् ।
यता मनाङको नोसाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसको चन्द्रबहादुर घले विजयी भएका छन् । नोसाङ गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै कमला माया गुरुङ विजयी भएकी छन् ।

LIVE TV