१ जेष्ठ २०७४, सोमबार

जुम्ला । गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी विजयी भएक छन् ।

भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष छन् । भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृत मोहनसागर बस्यालले जानकारी दिए । उाले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत ल्याएर पराजित भए ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडीले एक हजार ५८६ मत ल्याएर विजयी भएक छन् । उपाध्यक्षमा उनका प्रतिद्वन्द्वी धनरुपा बुढाले एक हजार ३६५ मत ल्याएका थिए ।

गोठीचौर १, २ र ३ को वडा अध्यक्षमा क्रमशः नेकपा (एमाले) का गणेश ऐडी, पृथ्वीबहादुर बुढा, प्रेमबहादुर बुढाले विजय हात पार्नु भएको छ ।
त्यसैगरी, ४ र ५ नं वडाको वडाध्यक्षमा माओवादी केन्द्रका जगप्रसाद जैसी र चन्द्रबहादुर नेपालीले जित हासिल गर्नु भएको निर्वाचन अधिकृत बस्यालले बताए । उक्त गाउँपालिकामा कुल जम्मा चार हजार ८२३ मतदाता सङ्ख्या थियो ।

LIVE TV