१ जेष्ठ २०७४, सोमबार
  • प्रेम सुनार

गुल्मी । बाग्लुङ्गको गल्कोट नगरपालिकाको मतगणनालाई लिएर हटिय्रा बजार तनाब ग्रस्त बनेको छ । विहान सर्वदलीय बैठक वसी मतगणना गर्ने समयलाई छलफल गर्ने भनिएपनि अहिले सम्म मतगणना सुरु हुन सकेको छैन ।

मतगणना स्थलमा प्रवेश गर्ने विषयलाई लिएर राजनैनित दलका कार्यकर्ताहरुवीच हातहालहातको स्थिति उत्पन्न भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट मेयरका उमेदवार टंकबहादुर कसीले मतगणना स्थलमा निर्वाचन अधिकृतले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई मात्र प्रवेश दिएकोले त्यस्को विरोध गर्दा नेपाली काँग्रेसका कार्यकर्ताले आफना कार्यकर्तामाथि आक्रमण गरेको बताए ।

झडप पछी अहिले हटिया बजारका पसलहरु बन्द भएका छन् । बजार तनावग्रस्त बनेको छ । जनजीवन आतंकित छ । बजारवासी पत्रकार, नागरिक समाज, कोहि बोल्न चाहिरहेको अवस्था छैन । कुनै अप्रिय घटना घटेन सक्ने संभावना रहेकोले स्थानीयवासी घरभित्र बसेका छन् ।

प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे गल्कोट हटियामा उपस्थित रहेकै अवस्थामा हटिया बजार तनावग्रस्त बनेको हो । उनि संग कसैसंग घटनाका बारेमा जानकारी लिन खोज्दा अरुलाई सोध्नुस भनेर पन्छिन खोजेका अवस्था छ ।

LIVE TV