१ जेष्ठ २०७४, सोमबार

पोखरा । कास्कीका चारवटै गाउँपालिकामा मतगणना सुरु भएको छ ।

मादी गाउँपालिकामा भने राति ४ बजेबाटै सुरु भएको र सो गाउँपालिकामा एमाले अगाडि भएको निर्वाचन अधिकृत गुरुदत्त ढकालले वताएका छन् ।

अहिलेसम्म एक हजार १८८ मतगणना गरिएकामा अध्यक्ष पदका प्रत्यासी नेकपा एमालेका बेदबहादुर गुरुङले ६५६, नेपाली काँग्रेसका देवीजङ्ग गुरुङले ४७३, नेकपा (माओवादी केन्द्र) की राधा सापकोटाले १७ मत प्राप्त गरेकि छिन् ।

सो गाउँपालिकाको वडा नं १ मा नेकपा ९एमाले०ले वडाध्यक्षसहित दुई खुल्ला सदस्य, एक/एक महिला सदस्य र दलित महिला सदस्यमा विजयी हासिल गरेको छ ।

सो गाउँपालिकामा १३ हजार ५५९ मतदाता रहेकामा नौ हजार ८८० मत खसेको थियो ।

जिल्लाका रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा अहिले सर्वदलीय बैठक सकेर मतगणना सुरु भएको छ ।

LIVE TV