
एजेन्सी । हरेक मान्छे आफ्नो जीवनमा सफल बन्न चाहन्छन् तर कतिपयले आफ्नो व्यापार फस्टाउन नसकेर धेरै नै घाटा व्यहोर्नु परेको छ । व्यापार, व्यवसाय, सानोतिनो उद्योगमा सफलता कसरी पाउने रु यसका लागि बाबा रामदेवले टिप्स दिएका छन् । योग गुरु रामदेवले दिएका सक्सेस टिप्स यस्ता छन् :
१. अवसर जहिले पनि हुन्छ :
हामी कुनैपनि काम गर्नका लागि उपयुक्त अवसर खोजिरहेका हुन्छौं । तर, कुनैपनि काम गर्नका लागि वा कुनैपनि उत्पादन पस्कनका लागि जहिलेपनि अवसरले पर्खिरहेको हुन्छ । बाबा रामदेवले भनेका छन्, मैले पताञ्जलीको सामग्री बजारमा ल्याउनुअघि अनेकौ कम्पनीका एक से एक उत्पादनहरु थिए । त्यसले राम्रै बजार पनि कब्जा गरिरहेको थियो ।
उपभोक्ताले पत्याएका थिए । तर, यसको बावजुद पतञ्जलीलाई हामीले बजारमा उतार्यौं । र, त्यसले राम्रो बजार पनि पायो । यसबाट के सावित हुन्छ भने, बजारमा अन्य उत्पादन छ भन्दैमा आफ्नो उत्पादनले बजार नपाउने होइन । त्यहाँ जहिलेपनि अवसरले पर्खिरहेको हुन्छ ।
२. मूल्यको महत्व :
बजारमा अरु उत्पादनसँग गुणस्तरमा त प्रतिस्पर्धा गर्नु पर्छ नै, मूल्यसँग पनि । यदि सोहि गुणस्तरको, सोहि मात्राका कुनैपनि उत्पादन सस्तो मूल्यमा उपलब्ध गराउनु भयो भने उपभोत्ताले तपाईको सामग्री नै खोज्नेछन् । किनभने उपभोक्ताको लागि मूल्यको पनि महत्व हुन्छ ।
बाबा रामदेवका अनुसार पताञ्जलीका सामग्री किन बढी रुचाइयो भने यो तुलनात्मक रुपमा सस्तो पनि थियो । जबकी अर्को कम्पनीको चल्तीको ब्रान्डको मूल्य बढी राखिएको हुन्छ । त्यसैले तपाईले आफ्नो उत्पादनलाई संभव भएसम्म सस्तो मूल्यमा उतार्नु भयो भने उपभोत्ताले लोभिनेछन् ।
३. प्रोडक्ट आफै बोल्छ :
तपाईले विज्ञापन गर्नु वा मेरो उत्पादन राम्रो छ भन्दै हिँड्नु पर्दैन । तर, यसका लागि तपाईको उत्पादन गुणस्तरिय हुनुपर्छ । यदि त्यसो भयो भने उक्त उत्पादनको गुणस्तर स्वंमले आफ्नो प्रचार गर्छ ।
कुनैपनि उत्पादन गुणस्तरिय छ र मूल्य पनि तुलनात्मक रुपमा सस्तो छ भने त्यसलाई उपभोक्ताले खोजेरै खरिद गर्छन्, विज्ञापनको जरुरत छैन । बाबा रामदेब भन्छन्, पतञ्जलीले आफ्नो उत्पादनको फोकस क्वालिटीमा गरेको छ ।
४. पैसा सहि ठाउँमा लगानी गर्नुहो :
ठूला कम्पनीले आफ्नो उत्पादन बजारमा उतारेसँगै विज्ञापनका अधिक खर्च गर्छ । पेपर एड, ब्रोडकास्ट एडदेखि होर्डिङ बोर्ड राख्नमा समेत लाखौं, करोडौं खर्च गर्छन् । हामीलाई थाहा भएकै हो, उक्त खर्च उपभोक्ताको खल्तीबाटै पूर्ति गरिने हो । यसका लागि आफ्नो उत्पादनको मूल्यमा नै पब्लिसिटी खर्च पनि जोडिएको हुन्छ ।
तर, तपाई आफ्नो सामग्रीका लागि अनावश्यक विज्ञपान गर्नु भएन भने तपाईको व्यायभार बढ्दैन । फलतः उचित मूल्यमा आफ्नो उत्पादन उपभोक्तामाझ पुर्याउन सक्नुहुनेछ ।बाबा रामदेव भन्छन्, पताञ्जलीले पनि विज्ञपानमा खर्च गरेको छ तर, धेरै फोकस भनेको ब्रान्ड प्रमोट गर्नमा भएको छ ।
५. उपभोक्ता नै सर्बोपरी :
आफ्नो उत्पादनको बजारीकरण वा सफलताको लागि तपाई उपभोत्तामैत्री हुनु आवश्यक छ । यदि उपभोत्ताको हित र फाइदा सोच्नु भयो भने तपाई स्वतः सफल हुनुहुन्छ । उपभोत्ताबाट जतिसक्दो लिने होइन, उनीहरुलाई दिने हो । गुणस्तरिय सामग्री, उचित मूल्यमा उपलब्ध गराउने हो भने उपभोत्ता मारमा पर्दैनन् । यसको परोक्ष फाइदा तपाईलाई नै मिल्नेछ ।