
१. स्थानीय तहको पहिलो चरणको निर्वाचनमा प्रधानमन्त्री र दलका शीर्ष नेताहरूले आ–आफ्नो मतदाता नामावली भएको स्थानमा पुगेर मतदान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन भरतपुर महानगरपालिका–४ लंकुस्थित लक्ष्मी माध्यमिक विद्यालय ‘ख’ मतदान केन्द्रबाट बिहान ७ बजे पहिलो मत खसालेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।
२. एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे महेन्द्र शान्ति विद्यालय बालकोट मतदान केन्द्रबाट मतदान गरेका छन् । सो मतदान केन्द्र भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–२ मा पर्छ ।
३. नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको अन्नपूर्ण माध्यमिक विद्यालय खोप्लाङ मतदान केन्द्रबाट ९ बजेर ५४ मिनेटमा मतदान गरेका छन् । सो स्थान गोरखाको पालुङटार नगरपालिका–१ मा पर्छ ।
४. कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँको सत्यवती मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरे । सो मतदान केन्द्रमा पौडेलले पहिलो मत खसालेका हुन् । जुन केन्द्र व्यास नगरपालिका–२ मा पर्छ ।
५. राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आइतबार बिहान ७ बजेर ४० मिनेटमा हेटौँडा उपमहानगरपालिका–५ स्थित बालज्योति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरे ।
६. नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालय मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन् । उक्त मतदान केन्द्र भक्तपुर नगरपालिका–५ मा पर्छ ।