१ जेष्ठ २०७४, सोमबार

दोस्रो चरणको निर्वाचनलाई बाटो खुल्यो : राप्रपा
राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनलाई ऐतिहासिक महत्वको भएको प्रतिक्रिया दिएका छन् । ‘आज ऐतिहासिक महत्वको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । पहिलो चरणको यस निर्वाचनमा जनाइएको जनसहभागिताले संविधान कार्यान्वयन गर्ने राष्ट्रिय प्राथमिकतालाई सहज बनाएको छ,’ थापाले भने, ‘यसले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि पनि सहज वातावरण बनाउनेछ ।’

निर्वाचन उत्साहपूर्ण : संघीय समाजवादी फोरम
निर्वाचनमा भाग लिएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा व्यापक सहभागिता भएको भन्दै अब दोस्रो चरणको निर्वाचनलाई सफल बनाउने चुनौती थपिएको बताएका छन् । ‘जनताको उत्साह, उमंग र व्यापक सहभागितमा पहिलो चरणको निर्वाचन हुनु भनेको राम्रो संकेत हो । अब दोस्रो चरणको निर्वाचनलाई यस्तै उत्साहपूर्ण बनाउनका लागि संविधान संशोधन छिटो गरेर निर्वाचन हुने वातावरण बनाउनुपर्छ,’ यादवले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन गराउने विषयमा केही ठाउँमा कमजोरी भएका छन् । दोस्रो चरणको निर्वाचनमा यस्तो कमजोरी हुनुहुन्न ।’

LIVE TV