
पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई कोसेढुंगा भनेका छन् । ‘पहिलो चरणको स्थानीय तहको निर्वाचन उत्साहपूर्वक सफल भएको छ । नेपालको इतिहासमा स्थानीय तहको निर्वाचन सफल हुनु एउटा कोसेढुंगा हो,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले नयाँ पत्रिकासँग भने, ‘निर्वाचनपछि अब संविधान कार्यान्वयन हुँदै जान्छ । राजनीतिक स्थिरतापछि देश विकासको नयाँ युगमा प्रवेश गर्ने र देश आर्थिक समृद्धिमा अघि बढ्छ भन्ने मेरो विश्वास छ ।’
प्रधानमन्त्री प्रचण्डले निर्वाचन सफल भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन सफल बनाउन सहयोग गर्ने राजनीतिक दल, निर्वाचन आयोग, कर्मचारी, सुरक्षार्की पर्यवेक्षकसहितलाई प्रधानमन्त्रीले धन्यवाद दिएको आचार्यले जानकारी दिए । साथै, अब दलहरू दोस्रो चरणको निर्वाचनलाई सफल पार्न लाग्नुपर्ने पनि प्रधानमन्त्रीले बताएका छन् ।