१ जेष्ठ २०७४, सोमबार

पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनको ऐतिहासिक सफलता भएको बताएका छन् । उल्लासपूर्ण रूपमा प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन भएपछि पुनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संघीय शासन व्यवस्थामा रहेको तीन तह संघ, प्रदेश र स्थानीयमध्ये स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता हो ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक खुट्किलो भन्दै पुनले स्थानीय तहको पहिलो चरणको निर्वाचन मतदाताहरूको भव्यतम सहभागिता र उल्लासमय वातावरणमा सम्पन्न भएको उल्लेख गरेका छन् । यस दिनलाई नेपालीको गौरवपूर्ण दिन भनेका छन् । निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्नुका साथै समृद्धिको ढोका खोल्नेसमेत उनले विश्वास गरेका छन् । सरकार, राजनीतिक दलहरू आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट समस्या समाधान गर्दै दोस्रो चरणको निर्वाचनमा जुट्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।

LIVE TV