१ जेष्ठ २०७४, सोमबार


काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना चलिरहेको छ । अहिलेसम्म मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले २१८ मत पाएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले १८४ मत पाएका छन् । माओवादीका दिनेश महर्जन दिपेशले ८३ र साझा पार्टी समर्थित रमेश मर्हजनले ४५ मत पाएका छन् ।

उपमेयरमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसकी उम्मेदवार गीता बस्र्यालले २०३ मत पाउँदा माओवादीकी हरिना शाक्यले ११६ र राप्रपाका बाबुकाजी थापाले ८७ मत पाएका छन् ।

तीनवटा महानगरपालिकाहरु काठमाडौं, पोखरा र भरतपुरको मतगणता सोमबार (आज) बिहानदेखि शुरु हुँदैछ । ललितपुर महानगरपालिकाको मतगणना भने आइतबार रातिदेखि नै सुरु भइसकेको छ ।

आइतबार बिहान साढे ५ बजेसम्मको नतिजा अनुसार ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११० मतसहित अग्रस्थानमा छन् भने दोस्रोमा हरिकृष्ण व्यञ्जनकारको ७८ र तेस्रोमा माओवादी केन्द्रका दिनेश महर्जनको २८ मत खसेको छ ।

काठमाडौंको कीर्तिपुर, चन्द्रगिरी, शंखरापुर, दक्षिणकाली लगायतका नगरपालिकामा पनि आइतबार रातिदेखि नै मतगणना सुरु भएको छ ।
मनाङ, रुकुम, जुम्ला, नवलपरासी आदि जिल्लामा केही स्थानीय तहमा पनि राति देखि नै मतगणना सुरु भएको छ ।

LIVE TV