१ जेष्ठ २०७४, सोमबार

 

स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत मतदान सकिएपछि हेटौंडा उपमहानगरपालिको मतगणना सोमबार बिहान ८ बजेबाट सुरु गरिने भएको छ । आइतबार साँझ ५ बजे निर्वाचन सकिएपछि राती ११ बजे बसेको सर्वदलीय बैठकबाट सोमबार बिहान ८ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले जनाए अनुसार राती १२ः३० बजे बैठक सकिए लगतै बिहान ८ बजेबाट मतगणना सुरु गर्न सबै सहमत भएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गर्न धेरै समय लागेपछि मतगणना प्रक्रिया राती १० बजेपछि अघि बढाइएको थियो । मुख्य निर्वाचन अधिकृत ढकालले मतगणना प्रक्रिया लम्बिएपछि सबै दलका प्रतिनिधि बिहान ८ बजेदेखि मतगणना गर्न सहमत भएको बताए ।

उनका अनुसार हेटौंडा उपमहानगर क्षेत्रभित्र पर्ने १९ वटा वडाबाट संकलित मतपेटिका विशेष सुरक्षा घेरामा राखिएको छ । मतपेटिकाको व्यवस्थापनका लागि निर्वाचन प्रक्रियामा सहभागी कर्मचारी कार्यालयमै बसेका छन् ।

LIVE TV