
दोलखा । स्थानीय तहको निर्वाचनअन्र्तगत आईतबार मतदानका क्रममा दोलखामा झडप हुँदा सुरक्षाकारबाहीमा एकजनाको मृत्यु भएको छ, यो खबर आजको नागरिक दैनिकमा छ ।
मेलुङ गाउँपालिका १ पवटीस्थित सत्येश्वर उच्च मावि मतदान केन्द्रमा तनाव बढडेपछि भएको झडपमा प्रहरीको गोली लागेर कांग्रे कार्यकर्ता नकुल भानिने डम्बरबहादुर भुजेलको मृत्यु भएको छ ।
यसैगरी सशस्त्र प्रहरीले गस्तिका क्रममा शनिवार राति गोली चलाउँदा काभ्रेको नमोबुद्ध नगरपालिका ४, मेथिनकोट सिद्धिविनायककाा २८ बार्षिय नवराज पाठकको मृत्यु भएको छ ।