३१ बैशाख २०७४, आईतवार

कालिकोट । विप्लव नेतृत्व (नेकपा)का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ, भने प्रहरीको गोली लागी २ जना घाइते भएका छन् । कालीकोटको मालकोट गाउँपालिकामा स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा विप्लव नेतृत्वका दुई कार्यकर्ता घाइते भएका हुन् ।


विप्लव नेतृत्व (नेकपा)काका कार्यकर्ताले कार्यनिर्वाचन अधिकृत र सुरक्षाकर्मीहरुलाई ढुंगामुढा गरेपछि प्रतिकार गर्नुपरेको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरिराज सुवेदीले जानकारी गराए । साथै, विप्लव समूहले मतपेटिका जलाउन खोजेपछि गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी सुबेदीले जानकारी गराएका छन् ।

LIVE TV