३१ बैशाख २०७४, आईतवार

काठमाडौं । सुनिल रावलको फिल्म ‘सायद २’को जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा रेड कार्पेट प्रिमिएर शो सम्पन्न भएको छ । असार ३० गते देखि दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘सायद २’ को प्रिमिएर शो हेर्नका लागि नेपाली दुतावास जापानका राजदुत श्री कृष्णचन्द्र अर्याल र एनआरएन जापानका अध्यक्ष सुदन थापाले समेत उपस्थिति जनाएका थिए । साथै, फिल्मको सोही प्रिमिएर शोको लागी दर्शकहरुको भिड लागेको थियो ।


जापानको प्रिमिएर शो हाउसफुलमय बनेको थियो । प्रिमियर शोमा उपस्थित सबै दर्शकहरुले फिल्म उत्कृष्ट रहेको बताएका छन् । उपस्थित दर्शकहरुले फिल्म उत्कृष्ट हुनुका साथै आफुहरुले भरपुर मनोरंजन लिएको बताएका छन् । प्रिमिएर शोमा दर्शकहरुको अत्याधिक उपस्थिति र उत्कृष्ट प्रतिकृयाले निर्माता रावल पनि दंग छन् ।


निर्माता रावलले फिल्मको बिशेष प्रदर्शनीमा उपस्थित सबैलाई धन्यावाद दिए । साथै उनले आफ्नो आगामी छायांकन हुने तयारीमा रहेको फिल्म ‘लाउरे’को बारेमा समेत सबैलाई जानकारी गराउँदै आगामी दिनहरुमा पनि उत्कृष्ट फिल्म निर्माण गरेर दर्शकमाझ ल्याउने पनि बताएका छन् ।

फिल्ममा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धि लाल मगर लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

दुर्गिश फिल्म्सको ब्यानरमा निर्माण गरिएको ‘सायद २’मा सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द रहेको छ । फिल्मको लेखन र निर्देशन पुष्पराज टि न्यौपानेले गरेका हुन् ।

LIVE TV