३१ बैशाख २०७४, आईतवार

 

तेहरान (इरान) । इरानका सुधारवादी पूर्वराष्ट्रपति मोहम्मद खतामीले आइतबार वर्तमान् राष्ट्रपति हसन रौहानीलाई भिडियो सन्देशमार्फत समर्थन जनाउँदै इरानी मतदातालाई अर्को कार्यकाल काम गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभएको छ ।

सन्देशमा पूर्वराष्ट्रपति खतामीले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा भन्नुभएको छ, “रौहानीको सरकार सबै समस्या र बृहत् अपेक्षाका र सीमितता बाबजुद पनि सफल देखिएको छ । ”

“हामी सबैजनाले रौहानीलाई विचारको स्वतन्त्रता, तर्कसङ्गत संवाद, कानुनी राज, नागरिकका अधिकार सुरक्षार्थ र सामाजिक एवम् आर्थिक न्यायका लागि मतदान गर्नुपर्छ ।”

खतामीले वर्तमान सरकार सन् २०१३ मा रहेको मुद्रास्फिती दरलाई ४० प्रतिशतबाट झारी ९.५ प्रतिशतमा कायम गर्न सफल देखिएको बताउँदै पुनः अर्को कार्यकालका लागि रौहानीलाई नेतृत्व गर्ने अवसर प्रदान गर्नुपर्ने जनाउनुभयो ।

कैयौँ विषय समाधान भएका छन् यद्यपि अझै धेरै काम हुन बाँकी छ, यसलाई हामी सबै मिलेर समाधान गर्न सघाउनु जरुरी हुनेछ, सन्देशमा भनिएको छ ।

पछिल्ला चार वर्षमा इरानमा समग्र बेरोजगारी समस्या १०.५ प्रतिशतबाट १२.५ प्रतिशत पुगेको छ । यहाँका युवामा बेरोजगार समस्या भने २७ प्रतिशत रहेको छ । रासस÷एएफपी

LIVE TV