३१ बैशाख २०७४, आईतवार

काठमाडौं । निर्वाचन आयोगले आइतवार भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कम्तिमा ७१ प्रतिशत मतदान भएको जनाएको छ । । कुल मतदाता संख्या ४९ लाख ५६ हजार ९ सय २५ मतदातामध्ये ७१ प्रतिशतले मतदान गरेको आयोगले जनाएको हो ।

आइतवार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रारम्भिक रुपमा ७१ प्रतिशत मतदान भएको जानकारी गराए ।

उनले दोलखाको पवटीमा हिंसात्मक घटना भए पनि अन्य सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भएको बताए । आइतवारको निर्वाचनमा देखिएको उत्साहले आउँदो महिना हुने निर्वाचनमा पनि उत्साह थपिएको उनको ठहर छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले अहिले स्थानीय तहको केन्द्रमा मतपेटिका ल्याउने काम चलिरहेको पनि जानकारी दिए । निर्वाचनको मतपरिणाम जे आएपनि त्यसप्रति उत्तेजित नहुन पनि आयोगले आग्रह गरेको छ ।

LIVE TV