३१ बैशाख २०७४, आईतवार

काठमाडौं । मुलुकपहिलो चरणको स्थानीय तहको माहौलमा झुमेका वेला राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलंका भ्रमणमा व्यस्त छन् । भ्रमणको तेस्रो दिन आइतवार उनी श्रीलंकाको दोस्रो ठूलो सहर क्यान्डी पुगेका छन् ।

राष्ट्रपति भण्डारी कोलम्बोबाट सिधै क्यान्डीमा पुगेको हो । राष्ट्रपति भण्डारीलाई श्रीलंका केन्द्रीय प्रान्तका मुख्यमन्त्री सरथ एकनायके तथा केन्द्रीय प्रान्तका गभर्नर निलुकाए कनायके लगायतका श्रीलंका सरकारका उच्चपदाधिकारीले असगिरीया पुलिस कम्पाउन्ड, क्यान्डीमा स्वागत गरेका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नुका साथै त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गरे ।
वैशाख २९ गते श्रीलंकाको राजधानी कोलम्बोमा सुरु भएको तीनदिने सम्मेलनको समापन आइतवार श्रीलंकाको दोस्रो ठूलो शहर क्यान्डीमा भएको हो ।

LIVE TV