३१ बैशाख २०७४, आईतवार

काठमाडौ । पहिलो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । तीन वटा प्रदेशको ३४ जिल्लामा भएको मतदानमा केही छिटपुटका घट्नाबाहेक सबै स्थानमा शान्तिपूकर्ण निर्वाचन सम्पन्न भएको हो ।

निर्वाचन आयोगले आज भएको स्थानीय तहको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको अनुमान गरेको छ । ३४ जिल्लामा आज पहिलो चरणको निर्वाचनमा ७० प्रतिशत मत खसेको आयोगले जनाएको हो । आयोगले अहिले केहीबेरमा पत्रकार सम्मेलन गरी निर्वाचनको पछिल्लो अवस्थाबारे जानकारी दिदैछ ।
मतदान सकिँदा सम्म आयोगमा प्राप्त जिल्लागत विवरणका आधारमा आयोगले ७० प्रतिशत मतदाताले आफ्नो मताधिकर प्रयोग गरेको आयोगले अपरान्ह विज्ञप्ती जारी गरि जानकारी दिएको हो । आयोगले निर्वाचनमा निकै उत्साहजनक सहभागिता रहेको बताएको छ । यसको औपचारिक विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको आयोगले जनाएको छ ।
स्थानीयतहको पहिलो चरणको निर्वाचन अन्तर्गत आजको मतदानको समय सकिएको छ । मतपेटिकाहरु राष्ट्रिय सभागृहमा लगिँदै छ । मत गणनामा मतदानमा सहभागी भएकै कर्मचारीहरु खटाउने वा अन्य कर्मचारी खटाउने भन्ने विषयमा छलफल भइरहेको पनि आयोगले जनाएको छ ।

LIVE TV