३१ बैशाख २०७४, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरुले काठमाडौंका विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन् । उनीहरुले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

एमालेका तर्फबाट काठमाडौं महानगरका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले लगनस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि पत्रकारसंग कुराकानी गर्दै उनले मतदानमा उत्साहजनक ढंगले सहभागी हुन मतदाताहरुलाई आग्रह गरे ।
त्यस्तै, काठमाडौं मेयरका लागि कांग्रेस उम्मेदवार राजुराज जोशीले १९ नम्बर वडाको यट्खाबहाल केन्द्रबाट आइतवार विहान मतदान गरेका छन् । विवेकशील नेपालीको तर्फबाट मेयरको उम्मेदवार बनेकी २१ वर्षीया रञ्जु दर्शनाले पनि विहानै मतदान गरिसकेका छन् ।

उनले राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि रहेको वडानम्बर ३स्थित मतदान केन्द्रमा मतदान गरेका छन् । विवेकशीलले निर्वाचन आयोगबाट अनुमति लिएर टेम्पु प्रयोग गरेको थियो । त्यसैगरी, माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले जनप्रभात स्कुल कालिमाटीबाट मतदान गरेका हुन् । उनले बिहान साढे १० बजेपछि मतदान गरेका हुन् ।
काठमाडौं महानगरमा साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापाले परीक्षा नियन्त्रण कार्यालय बल्खु केन्द्रबाट मतदान गरेका छन् ।

LIVE TV