३१ बैशाख २०७४, आईतवार

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचन देशैभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । विभिन्न जिल्लाका केही ठाँउमा भएका केही घटना बाहेक अन्य ठाँउमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन कार्यालयहरुले जनाएको छ ।

चितवनमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको निर्वाचन कार्यालय चितवनले सम्पन्न भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ख मतदान केन्द्रबाट मतदान गरेपछि जिल्लामा मतदान सुरु भएको थियो । चितवनमा ३ लाख १३ हजार २ जना मतदाता संख्या रहेका छन् । १ सय ६१ मतदान स्थल र ३ सय ७६ मतदान केन्द्र रहेको चितवनमा ६५ देखि ७० प्रतिशतको विचमा खसेको जनाएको छ ।
यस्तै, रामेछापमा दोरम्बा गाँउपालिकाको पुङ्चेतमा एमालेका कार्यकर्ता र माओवादी कार्यकताबीच सामान्य झडप भएको छ । प्रहरीले केही राउण्ड हवाई फायर गरि स्थिति नियन्त्रणमा लिएको थियो भने सर्वपक्षिय बैठकपछि मतदान पुनः सुरु गरी निर्वाचन सम्पन्न गरिएको थियो । रामेछापमा ७० प्रतिशत मत खसेको रमतगणना सोमवार सर्वदलीय बैठक बसी संबन्धीत गाँउ वा नगरपालिकामा हुने निर्वाचन कार्यालयले जनाएको छ ।
मुगुमा पनि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । २ गाँउपालिका र एक नगरपालिका रहेको मुगुमा ९० प्रतिशत मत खसेको जिल्ला निर्बाचन कार्यलय मुगुले जनाएको छ ।
यस्तै, रसुवामा पनि शान्तिपुर्ण रुपमा मतदान सकिएको छ । जिल्लामा रहेको २७ हजार ८ सय ५४ मत मध्ये ८१ प्रतिशत मत खसेको जनाएको छ । ५ गाँउपालिका रहेको रसुवामा उत्साहका साथ निर्वाचन सम्पन्न भएको जिल्ला निर्बाचन कार्यलय रसुवाले जनाएको छ ।
पर्वतको २ नगरपालिका र ५ गाँउपालिकामा पनि शान्तिपुर्णरुपले सम्पन्न भएको छ । ९९ हजार २ सय मतदाता रहेको पर्वतमा ९५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय पर्वतले जनाएको छ ।
यस्तै, सुर्खेतमा ५ नगरपालिका र ४ गाउँपालिकामा गरी एक लाख ८४ हजार ३ सय ९९ मतदातामध्ये करिव ८० प्रतिशत मत खसेको र शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।

 

LIVE TV