
काठमाडौं । गीतकार आलोक चाम्लिङ राईले लगातार नेपाली संगीत क्षेत्रमा रहेका सबैखाले गीत संगीत प्रेमीहरुको लागि खुशिको सन्देश दिदै आएका छन् । उनले लगातार अजम्बरी माया, जय जय नेपाल, किरातीहरुको साकेला, लगत्तै चाम्लिङको गीत ‘मायाले हो’ सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरेका छन् ।
आलोकको मन छुने शब्द पावल चाम्लिङ राईको संगीत मनोजराज र दिपा लामाको आवाजमा रहेको गीत ‘मायाले हो’ को म्युजिक भिडियोलाई उत्सव दाहलको छायाङ्कन तथा शासन कडेलको निर्देशन रहेकोछ ।
म्युजिक भिडियोमा मिना मादेन र अभिनेता राजेश हमालको अभिनय देख्न सकिन्छ । निसान घिमीरेको सम्पादन रहेको यस गीतलाई रंग नेपालले सार्वजनिक गरेका हुन् ।